सहिदभूमिमा आर्थिक वर्ष २०८१/०८२ को लागि ४६ करोड बराबरको बजेट प्रस्तावना पेश

धनकुटा । सहिद भूमिगाउँपालिका धनकुटाकाे दाेस्राे गाउँसभाकाे पाचौं अधिवेशनकाे दाेस्राे बैठकमा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले ४६ करोड बराबरको आर्थिक वर्ष २०८१/०८२ काे बजेट प्रस्तावना पेश गरिएको छ ।

शनिबार  गाउँपालिका अध्यक्ष मनाेज राईको अध्यक्षतामा सञ्चालित बैठकमा उपाध्यक्ष रत्नश्वरीराईले आर्थिक वर्ष २०८१/०८२ का लागि ४६ करोड १ लाख २१ हजार बराबरको बजेट पेश गर्नु भएको हाे । पालिकाकाे प्रस्तुत बजेटमा आगामी वर्षका लागि कृषि ,स्वास्थ ,शिक्षा ,सडक पूर्वाधार ,भाैतिक पूर्वाधार ,खानेपानी ,सिचाइ लगायतका मुख याेजना तथा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

त्यस्तै गरि सभामा गाउँपालिकाकाे महत्त्वपूर्ण प्रस्तावहरु वडाअध्यक्ष तथा गाउँपालिकाकाे सामाजिक विकास समितिका संयोजक हेमकुमार राईले सहिदभूमि गाउँपालिकाकाे स्थानीय पाठ्यक्रम २०८१ र वडाअध्यक्ष तथा पालिकाकाे सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक खगेन्द्र राईले संगठन व्यवस्थापन तथा सर्वेक्षण (O&M) २०८१ सभामा छलफलका लागि प्रस्तावहरु पेश गरिएको छ । त्यस्तै गरि साेही अवसरमा उपाध्यक्ष रत्नश्वरी राईले २०८१/०८२ का लागि मेलमिलापकर्ता सुची सभाबाट अनुमाेदनका लागि पेश गर्नु भएको थियोे ।

प्रस्तुत बजेट तथा प्रस्तावहरु माथि छलफल तथा संसाेधन गर्नका लागि आफ्नो राय राख्न  नामावली सचिवालयमा टिपाउने समय असार १२ गते बेलुकी ५ बजे सम्म गाउँसभा सदस्यहरुलाई ताेकिएकाे जानकारी गराउदै  गाउँपालिका अध्यक्ष मनाेज राईले अर्को बैठक असार १३ गते बस्ने गरि आजको बैठक सकिएको घाेषणा गर्नु भएको थियोे ।सभामा प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की ,
वडा अध्यक्षहरु, कार्यपालिका सदस्य  ,गाउँसभा सदस्य , विभिन्न फाटका प्रमुख कर्मचारी , पालिकामा कार्यरत सम्पूर्ण कर्मचारी सञ्चारकर्मिकाे उपस्थिति थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।