सहिदभूमिका कृषक समुहलाई आँप र लिचिको विरुवा वितरण
धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाले ३ वटा कृषक समुहलाई आँप र लिचिको विरुवा वितरण गरिएको छ ।
गाउँपालिकाको कृषि अनुदान कार्यक्रम मार्फत कृषि विकास शाखाबाट ७५ प्रतिशत अनुदानमा आँप,लिचिको कलमी बिरुवा वितरण गरिएको कृषि विकास शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिनुभयो ।
व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउने उद्देश्यले कृषि प्राविधिकको सल्लाहमा हावापानी अनुसार खेती योग्य क्षेत्रको पहिचान गरी ३ वटा कृषि समुहका किसानलाई आँप लिचीको ११ सय २५ विरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
विरुवा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष मनाेज राई ,उपाध्यक्ष रत्नश्वरी राई ,प्रमुख प्रशासकीव अधिकृत नवीन कार्की र कृषि प्राबिधिक, कर्मचारी लगायत कृषकको उपस्थितिमा बिरुवा किसानलाई प्रदान गरिएको थियो ।



