सृष्टी बनिन् पाँचौ एसइइ डान्स च्याम्पियनसिपको बिजेता

काठमाडौं, १६ असार । पाँचौ एसइइ डान्स च्याम्पियनसिप–२०२४ को उपाधि पोखराकी सृष्टी गुरुङले जितेकी छिन् । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले काठमाडौंको नाचघरमा शनिबार बेलुका आयोजना गरेको यो प्रतिस्पर्धाको फाईनलमा ७ वटै प्रदेशबाट २५ प्रतिस्पर्धी थिए । ती सबैलाई विभिन्न चरणको नृत्यमा उछिनेर सृष्टी उत्कृष्ट भएकी हुन् । सृष्टीले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्राबृत्ति हाँसिल गरिन् ।

सो अन्तिम प्रतियोगितामा दोश्रो पुरस्कार काठमाडौंकी प्रगति पोखरेलले र तेश्रो पुरस्कार बबिता मगरले हाँसिल गरिन् । उनीहरुले क्रमश ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्राबृत्ति हाँसिल गरे ।

यो प्रतियोगितामा कही प्रत्यक्ष र कही डिजिटल गरेर सबै प्रदेशबाट अडिसन लिई फाईनलका लागि २५ प्रतिस्पर्धी चयन गरिएको थियो । प्रतियोगितामा फाईनलमा पुगेका २५ जना प्रतिस्पर्धीले नै १२ कक्षासम्म अध्ययन गर्नकालागि पूर्ण छात्राबृत्ति पाएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीका अध्यक्ष एवम् प्राज्ञ महेश गोदारले नृत्य मनोरञ्जनको साधन मात्र नभएर औपचारिक शिक्षाको एउटा विषय हो भन्ने कुरा स्कुलदेखि कलेजसम्म स्थापित गराउन यो प्रतियोगिता आयोजना गरेको बताए । पाँच वर्षदेखि आयोजना हुँदै आएको यो राष्ट्रव्यापी प्रतियोगिताले समाजमा नृत्यको महत्वलाई अझ ओझिलो बनाएको पनि उनले कार्यक्रममा प्रकाश पारे ।

यो प्रतियोगिताको फाईलन प्रतिस्पर्धामा नृत्यनिर्देशकहरु कृष्णप्रसाद पौडेल, प्रेमलाल श्रेष्ठ, रोहिया महर्जन, दिवस गिरी, शान्ति कठायत निर्णायक थिए ।

सोही समारोहमा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मानित गरियो । कार्यक्रममा संगीत रत्न शम्भुजीत बासकोटालाई संगीत रत्न सम्मानबाट सम्मानित गरियो । यस्तै प्रा. हनि श्रेष्ठलाई नृत्य शिक्षा सम्मान, पत्रकार विदूर गिरीलाई चलचित्र पत्रकारिता सम्मान, चलचित्र निर्देशक दिनेश राउतलाई प्रगतिशिल चलचित्र निर्देशक सम्मान, गायक पुष्प गजमेरलाई संगीत सम्मान र नृत्यकार स्वजन रघुबंशीलाई बज्रयोगिनी नृत्य उर्जा सम्मानबाट सम्मानित गरियो ।

सोही समारोहमा ‘प्लस टु डान्स च्याम्पियनसिप’को पनि घोषणा गरियो । यसको अडिसन आगामी भदौबाट सुरु हुने यसका आयोजक एवम् प्राज्ञ महेश गोदारले सो कार्यक्रममा जानकारी गराए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।