धनकुटामा इन्सियोर परियोजनाको समिक्षा सम्पन्न
धनकुटाखबर संवाददाता । धनकुटा नगरपालिकाको सभाहलमा ईन्सियोर परियोजनाको दोस्रो समिक्षा कार्यक्रम आज धनकुटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दशराथ राईको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि धनपाका उपप्रमुख भीमा खनाल रहनुभएको थियो ।
यस कार्यक्रम हेल्भेटस नेपालको सहयोगमा संचालन हुदै आएको छ । यस कार्यक्रमको पुरा अर्थ हो दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना ईन्सियोर भनिएको छ । धनकुटा नगरपालिकाको माध्यमिक बिधालय भएको यो कार्यक्रम संचालन भईरहेको छ ।
कार्यक्रॅ संचालित बिधालयको तर्फबाट पहिलो प्रस्तुति जनकल्याण मावि धनकुटाका सहायक प्राचार्य भेषराज खत्रीले गर्नुभएको थियो । यसैगरि गोकुण्डेश्वर बालमन्दिर माविबाट हरिप्रसाद दाहालले प्रस्तुती दिनुभएको थियो, श्रीमान टंक माविको तर्फबाट अम्बर बहादुर घिमिरेले प्रस्तुती गर्नुभएको थियो, यसैगरि श्री भाषा मावि कागतेबाट उत्र राईले प्रस्तुती गर्नुभएको थियो, गोकुण्डेश्वर माविबाट भक्त खड्काले आफनो स्कुलको प्रस्तुती गर्नुभएको थियो ।
यसैगरि हिले माबिबाट यज्ञप्रसाद दाहालले प्रस्तुती गर्नुभएको थियो, बेलहरा देउराली माविबाट जीवन वाग्ले प्रस्तोता रहेको यस कार्यव्रmममा त्रिबेणी माविबाट मुकुन्दप्रसाद अधिकारीले स्कुलका तर्फबाट प्रस्तुती राख्नुभएको थियो र अन्तिममा सीप सिकाउने प्राबिधिक यमराज काफ्लेले प्रशिक्षकको तर्फबाट आफ्नो प्रस्तुती राख्नु भएको थियो ।
ईन्सियोर परियोजना खासगरि कोशी प्रदेशको बिभिन्न १२ वटा पालिकाहरुमा लागुभएको परियोजना हो । यस परियोजनाले मुख्यगरि बिधार्थीहरुको आफ्नो सीप तथा क्षमताको बारेमा थाहा पाउनका लागि मद्धत गर्ने परियोजना हो । धनकुटा नगरपालिका भित्रमा यो परियोजना ८ वटा माविमा लागु भएको जानकारी धनपाका शिक्षा उपशाखा प्रमुख नगेन्द्रमणी श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा लंखाली कृषि परामर्श सेवा तथा तालिम केन्द्र्रका संयोजक जीवनप्रसाद राईले कृषि क्षेत्रमा बिशेषगरी पाख्रीबासे कालो बंगुरको प्रशोधन उधोगको बारेमा ईन्सियोर जस्ता कार्यक्रमले सम्बोधन गर्नुपर्ने र प्रशोधन उधोगका लागि चाहिने प्राबिधिकहरु उत्पादन गर्नुपर्ने बारेमा आफ्नो बिचार राख्नुभयो ।
परियोजनाको प्रभाव तथा मुल्यांकनको बारेमा आफ्नो प्रस्तुती राख्नुहुदै गोकुण्डेश्वर माबिका प्राचार्य यज्ञप्रसाद चापागाईले यो परियोजना धेरै राम्रो भएको तर यसको अनुगमन तथा मुल्यांकनको बारेमा फितलो भएको ब्यक्त गर्नुभयो । कार्यव्रmमलाई प्रभावकारी बनाउन अब पुनःताजागी तालिम समेत दिनुपर्ने कुरामा जोड गर्नुभयो । यसैगरि बिधार्थीहरुको सीप बिकासका बारेमा अब प्रत्येक स्कुलले स्वयंसेवी भावनाले एउटा संजाल बनाएर नमुना भएको गाँउपालिका वा नगरपालिकाका बिधालय वा क्षेत्रहरु भ्रमण गर्नुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा धनकुटा नगरपालिकाको सबै वडा अध्यक्षहरुलाई निमन्त्रणा गरिएको भएपनि वडा नम्बर ५, ८ र ९ का अध्यक्षहरुको मात्रै उपस्थिति रहेको यो कार्यक्रममा धनपाका शाखा प्रमुखहरु सिताराम गौतम, उपेन्द्र खनाल, नुषराज श्रेष्ठ र बिकास अधिकारीको उपस्थिति रहेको थियो । यस कार्यव्रmममा ईन्सिोयोर कार्यव्रmमका कोशी प्रदेश प्रमुख घनश्याम लिम्बु, कर्मचारी रजनी थापा र दिपक पासवानको पनि उपस्थिति रहेको थियो ।
अध्यक्षको तर्फबाट आफ्नो भनाई राख्नुहुदै धनपाका प्रमुख प्रशासकीय अधिकृत राईले कार्यक्रम असाध्यै फलदायी भएको र यसलाई निरन्तरता दिनुपर्ने कुरामा बिचार राख्नुभयो । ठुला परियोजनाहरुको बारेमा भने केन्द्र सरकारले नै सोच्नुपर्ने र परियोजना तयारी गर्नुपर्ने बिषयमा आफनो मन्तब्य राख्नुहुदै कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रमको सहजीकरण शिक्षा उपशाखा प्रमुख नगेन्द्रमणी श्रेष्ठले गर्नुभएको थियो ।






