धनकुटाको सांगुरीगढीमा निर्माणाधिन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लाग्दा पांचथरका एक ब्यक्तिको मृत्यु
धनकुटा, असार १९ । धनकुटाको सागुरिगढी गाउँपालिका-३ स्थित रघुवा खोलाको निर्माणाधिन पुलमा काम कार्ने क्रममा रडले टाउकोमा लागि १ जना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर तुम्बेवा गाउँपालिका-२ का ४० बर्षीय मदन मगर रहेका छन् । हिजो दिउँसो साढे ३ बजे पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसि टाउकोमा लाग्दा घाईते भएका उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


