धनकुटा सांगुरीगढीका दुई जना ब्राउन सुगर सहित पक्राउ
धनकुटा । धनकुटाको सांगुरीगढीका दुई जना ब्राउन सुगर सहित पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाटको प्रहरी टोलीले धनकुटा साँगुरीगढीका २८ बर्षीय सन्दिप मगर र ३२ बर्षीय सबिन सुब्बालाई १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाको थप अनुसन्धान कार्य भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


