धनकुटामा ६ महिना यता ५६ वटा मानव अधिकार उल्लंघनका घटना

धनकुटा,२० असार । मानब अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०२४ को जनवरी देखि हालसम्म धनकुटामा भएका मानब अधिकारका उल्लंघनका ५६ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

यो अबधिमा धनकुटामा १ जनाको हत्या, २ जनाको हत्या प्रयास, घरेलु हिंसा ३९ वटा घटना, बलात्कारका ८ वटा घटना,बाल यौन दुव्र्यवहारका २ वटा घटना सहितका विभिन्न प्रकृतीका ५६ वटा मानव अधिकार उल्घनका घटना भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै धनकुटा इन्सेक प्रतिनिधि इश्वर थापाले स्थानि तह, प्रदेश सरकार र संघिय सरकार र अन्य सरोकारवाला निकायले विभिन्न कार्यक्रम गरेर मानव अधिकार उल्लंघनका घटना कमी गर्न प्रयत्न गरे पनि घटनाहरु भई रहनु दुखद पक्ष रहेको बताए । त्यस्तै उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले मानब अधिकार उल्लंघन घटना रोक्नका लागी सबैको पहल कदमी हुनु पर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख श्यामसिंह चौधरीले मानव अधिकार उल्लंघनका घटना रोक्न प्रहरीलाई सबैको सहयोग हुनु पर्ने बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि धनकुटाका प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलले मानव अधिकार उल्लंघनमा संग्लग्नलाई कारबाहीको दायरामा ल्याउन प्रशासनले कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖