धनकुटाको सहिदभूमिमा पञ्चेबाजा बजाउने कलाकारलाई पोशाक वितरण

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा पञ्चेबाजा बजाउने कलाकारलाई पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । दलित एकता समाज सहिदभूमिको पहल तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित पोशाक वितरणमा कार्यक्रममा  सहिदभूमि गाउँपालिका भित्रका  १८ जना पञ्चेबाजा बजाउने कलाकारहरुलाई पोशाक वितरण गरिएको हाे  ।

दलित एकता समाजका काेषाध्यक्ष सोम बहादुर दमाईको अध्यक्षता तथा सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा  गाउँपालिकाको विपन्न संग अध्यक्ष कार्यक्रम मार्फत दलित समुदायको विकास प्रवर्द्धन गर्ने उदेश्यले १ लाख ५० हजार बराबरको पोशाक खरिद गरेर १८ जना पञ्चेबाजाका बाध्यबाधाक कलाकारहरुलाई वितरण गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले जानकारी दिनुभयो ।

प्रमुख अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष राईले कार्यक्रममा बाेल्नु हुदै पछिल्लो समय बाजाको महत्त्व दिनानुदिन बढ्दै गएको भन्दै यस्ता नौमती बाजा, परम्परागत रैथाने पञ्चेबाजा पेशा व्यवसायिक रुपमा अघि बढाउन पालिका लागि  परिरहेको बताउनुभयो । दमाहा, तबला, झ्याली, सनाही र नरसंघा गरी पाँच प्रकारका पञ्चेबाजा संरक्षण अभावमा छन् यसअघि हामीले खरिद गरेर वितरण गरिसकेको जानकारी गराउनुभयाे ।

बाजासँगै विभिन्न सांस्कृतिक परम्परा जोगाउन विभिन्न अभियान सञ्चालन गरेर युवा पुस्तालाई रोजगारी सिर्जना गर्न आवश्यक रहेको अध्यक्ष राईको भनाइ थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशाकिय अधिकृत नवीन कार्की ,वडा अध्यक्षहरु र कर्मचारी ,सञ्चारकर्मीको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।