धनकुटाको लेगुवा बजारमा आगलागी,३ घर जलेर नष्ट
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ५ लेगुवा बजारमा विद्युत सर्ट भइ आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ ।
गएराती १:२० बजे तिर आगलागी भएको हो ।
आगलागीमा परि मोहन भण्डारी, शेर बहादुर भुजेल र बद्री वर्देवाको ढुङ्गा, माटो र जस्ता पाताले बनेको घर जल्दा ५० लाख बराबरको क्षति भएको अननुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
आगो धनकुटाबाट गएको दमकलको सहयोगमा त्यहाँका स्थानिय र प्रहरीले नियन्त्रणमा लिएको थियो । आगोले घर जलेपछि पीडितहरु छिमेकीकोमा बस्दै गरेको प्रहरीले जनाएको छ ।


