धनकुटाको हिलेमा सार्बजनिक शौचालय संचालनमा
धनकुटा । धनकुटाको हिलेमा सार्बजनिक शौचालय संचालनमा आएको छ ।
जिल्लाको धनकुटा नगरपालिका वडा नं १ पुर्बी पहाडको ब्यापारिक तथा पर्यटकिय नगरी हिले बजारमा सार्बजानिक शौचालय संचालनमा आएको हो । हिले पुच्चर तोङ्वा चौक स्थित धनकुटा रोडमा शौचालय निर्माण गरिएको हो । यहाँ एक पटकमा ४ ब्यक्तिले शौच गर्न मिल्नेछ ।
धनकुटा नगरपालिका वडा नम्बर एकको करिब दश लाख रुपैयको लागतमा निर्माण भएको सो शौचालय आज एक कार्यक्रमका बिच मेयर चिन्तन तामाङ्ले समुदायमा हस्तान्तरण गर्नु भयो । हस्तान्तरण गर्दै मेयर तामाङले यो हिलेको लागि अत्याबश्यक रहेको बताउनु भयो ।
वडा अध्यक्ष ओङ्दा तामाङ्ले बाहिरबाट हिले आउने ब्यक्तिहरुलाई यसले धेरै सहज हुने बताउनु भयो ।लामो समय देखि हिले पुच्छरमा सार्बजानिक शौचालय नहुदा बाहिरबाट आउने ब्यक्तिहरुलाई शौच गर्न समस्या हुँदै आएको थियो ।



