चौबिसे गाँउपालिकाको दोस्रो कार्यकालका जनप्रतिनिधिको पहिलो बर्ष यस्तो रह्यो(भिडियो सहित)

धनकुटा । पूर्वी चौबिसे गाँउपालिकाको दोस्रो कार्यकालको पहिलो वर्ष सुरुवातमा गरेका केहि नमुना र नयाँ काम नेपालको महाभारत पर्वत श्रृंखलामा अवस्थित सुन्दर पहाडी क्षेत्र हो, चौबिसे गाँउपालिका ।

कोशी प्रदेशको धनकुटा जिल्लाको दक्षिण पुर्बि क्षेत्रमा अबस्थित यो पालिका नेपाल सरकारको वि.सं. २०७३ फागुन २७ को नेपालको पुनर्संरचनाको निर्णय अनुसार साविक ७ वटा गाउँ विकास समितिलाई समेटेर स्थापना गरिएको छ ।

केहि बर्ष अघि सम्म दुर्गम क्षेत्रको रुपमा रहेको यो पालिका अहिले भने सुगममा गनिन थालेको छ । भेडेटार राजारानी रबिराँके सडकले यो पालिकाको सिरैसिर हुदै कोशी राजमार्ग संग जोड्ने काम गर्दछ । त्यस्तै तमोर करीडोरले तिरमा रहेका क्षेत्रलाई सहज बनाएको छ ।

२०७९ सालको स्थानिय तह निर्वाचन पछि अहिले यो पालिकामा गाँउपालिका प्रमुखको रुपमा राजकुमार चेम्जोङ्ग र उपप्रमुखको रुपमा टंकमाया पाङ्मी मगर हुनुहुन्छ । २०७९ साल बैसाखमा भएको सपथ ग्रहणसँगै निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे यात्रा सुरु भएको छ ।

“शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन हाम्रो शान,उद्यमसिल समृद्ध, सुशासित चौबिसे निर्माण हाम्रो अभियान” भन्ने नाराका साथ दोस्रो कार्यकालको पहिलो बर्षमा जनप्रतिनिधिले बिभिन्न १९ नीतिमा केन्द्रित रहेर आफ्नो योजनाको सुरुवात गरेका छन् ।

पहिलो बर्ष अर्थनीति, कषि तथा पशु सेवा नीति, शिक्षा, युवा तथा खेलकुद, पर्यटन, स्वास्थ्य, पुर्बाधार सडक, खानेपानी आदि नीतिलाई पालिकाले मुख्य प्राथमिकतामा राखेको छ । जनप्रतिनिधिको पहिलो अग्नी परिक्षा स्बरुप आर्थिक बर्ष २०७९÷८० को लागि कुल ५१ करोड ६८ लाख ५१ हजार बरावरको बजेट योजना तथा कार्यक्रमहरु गाँउसभाले पारित गर्यो । प्रत्येक बर्ष एक एक क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आफ्नो बजेट, योजना तथा कार्यक्रम बनाउने तयारी अनुरुप पहिलो बर्ष यो पालिकाले शुसासनलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम तय गर्यो ।

स्थानिय तहको अनुभत बिकास निर्माण सगै सेवा वाट हुनु पर्छ भन्ने मान्यताका साथ यहिलो बर्षनै पालिकाले वडा कार्यलयको सम्पर्क कार्यलय स्थापना गरी सेवा सुरु गरियो । त्यस्तै पालिकाले वडा वाटै योजना सम्झौता, बैक संगको सहकार्यमा वडा बाटै खाता खोल्न सकिने गरी कार्यक्रम अघि बढायो । अति वृद्ध, असक्त आदिलाई घर घरमै पुगेर सामाजीक सुरक्षा भत्ता बितरण गर्ने कार्यक्रम सुरु गर्यो ।

यो वृतचित्रमा हेरौ दोस्रो कार्यकालका जनप्रतिनिधि आएपछि पहिलो बर्षमा उहाँहरुको दृष्टीकोण अनुरुप सुरु गरेका कार्यहरु –

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।