भ्रष्टाचार विरुद्ध एकजुट हुन आम नागरिकहरुलाई नेकपा (माओवादी केन्द्र)पाख्रीबास नगर समितिको अपिल

धनकुटा ।भ्रष्टाचार विरुद्ध एकजुट हुन आम नागरिकहरुलाई नेकपा (माओवादी केन्द्र)पाख्रीबास नगर समितिले अपिल गरेको छ ।

समितिद्वारा हिजो प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त अपिल गरिएको हो ।

नगर समिति अध्यक्ष ओम प्रकाश निरौला र सचिव चिरन्जीवी राई द्वारा संयुक्त रुपमा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ : जनताको कर र पसीनाको दुरुपयोग भएको विषय आम नागरिकको चासोको विषय हुनु स्वभाविक हो । नगर प्रमुख र उपप्रमुख ले प्रयोग गर्ने गाडिहरुको इन्धनमा मात्रै अनावश्यक खर्च भएको छैन । लगभग मासिक १ लाख सोह्र हजार ५२० नं. को गाडिले मर्मत खर्चको नाममा विल उठाएको छ भने मासिक ८० हजारको हाराहारीमा ६६४ नं. को गाडिले बिल उठाइरहेको छ । यो खर्च सामान्य होइन ।

दैनिक अफरोडमा २०० किलोमिटर अनिवार्य गुड्ने सेकेण्ड हेण्ड गाडिहरुमा पनि यति धेरै मर्मत खर्च आउदैन यो सत्ताको चरम लुट, दुरुपयोग र भष्ट्राचार हो भन्ने हाम्रो पाटीको ठहर रहेको छ । यसको विरुद्धमा आम नागरिकहरुलाई एकजुट हुन अपिल गर्दछौ ।

यसैगरी २०७८ सालमा वडा नं. ५ का तत्कालिन वडाध्यक्षले बुझेर लगेको १०० बण्डल जस्ता पाताको विषय के हो ? भुकम्पका नाममा आएको रकमको दुरुपयोग भएको कुरा के हो ?यो विषय सम्बन्धित कार्यालयबाट सत्य तथ्य कागजातहरु हेरी सार्वजनिक गर्नका लागि नगरपालिका र वडा कार्यालयलाई यही विज्ञप्ति मार्फत अपिल गर्दछौ ।

हेर्नुहोस् प्रेस बिज्ञप्ति :

एकातिर भष्ट्राचारका फाइल खुलेपछि नेपालको राजनैतिक केन्द्रमा सरकार परिवर्तनको खेल शुरु भएको सबैलाई सर्वविदितै छ र यो एकदमै अहिलेको चर्चाको विषय बनेको छ भने अर्कोतिर पाख्रीवास नगरपालिका भित्र पनि गाडिको चरम दुरुपयोग भएको विषय अर्को चर्चाको विषय बन्न पुगेको छ । जनताको कर र पसीनाको दुरुपयोग भएको विषय आम नागरिकको चासोको विषय हुनु स्वभाविक हो । नगर प्रमुख र उपप्रमुख ले प्रयोग गर्ने गाडिहरुको इन्धनमा मात्रै अनावश्यक खर्च भएको छैन । लगभग मासिक १ लाख सोह्र हजार ५२० नं. को गाडिले मर्मत खर्चको नाममा विल उठाएको छ भने मासिक ८० हजारको हाराहारीमा ६६४ नं. को गाडिले बिल उठाइरहेको छ । यो खर्च सामान्य होइन । दैनिक अफरोडमा २०० किलोमिटर अनिवार्य गुड्ने सेकेण्ड हेण्ड गाडिहरुमा पनि यति धेरै मर्मत खर्च आउदैन यो सत्ताको चरम लुट, दुरुपयोग र भष्ट्राचार हो भन्ने हाम्रो पाटीको ठहर रहेको छ । यसको विरुद्धमा आम नागरिकहरुलाई एकजुट हुन अपिल गर्दछौ ।

यसैगरी २०७८ सालमा वडा नं. ५ का तत्कालिन वडाध्यक्षले बुझेर लगेको १०० बण्डल जस्ता पाताको विषय के हो ? भुकम्पका नाममा आएको रकमको दुरुपयोग भएको कुरा के हो ? केही मिडिया कर्मी र नागरिकले यो विषय उठान गरेकोले सम्बन्धित कार्यालयबाट सत्य तथ्य कागजातहरु हेरी सार्वजनिक गर्नका लागि नगरपालिका र वडा कार्यालयलाई यही विज्ञप्ति मार्फत अपिल गर्दछौ । साथै अन्याय, अत्याचार, भष्ट्राचारका विरुद्धमा आम नागरिकको हक हितका लागि सधै सँगै रहने प्रतिबद्धता व्यक्त गर्दछौ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖