धनकुटामा जंगली च्याउ खांदा एकै परिवारका ७ जना बिरामी
धनकुटा । जंगली च्याउ खांदा धनकुटामा एकै परिवारका ७ जना विरामी भएका छन् । जिल्लाको सहिदभूमि गाउँपालिका ७ गैरी टोलका एकै परिवारका ७ जना विरामी परेका हुन् ।
विरामी हुनेहरुमा ६३ वर्षकी ईन्द्र कमला राई, वर्ष ५५ कि दिलमाया राई, वर्ष ३६ कि टेकमाया राई, वर्ष ३९ कि मदन कुमारी राई,वर्ष ४१ का थमन सिंह राई,वर्ष १८ का हेमन राई र १९ वर्षकी यमुना राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बुधवार जंगली च्याउ टिपेर ल्याई पकाएर खांदा विरामी परेका उनिहरुको विपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।


