यस्तो छ धनकुटाको पैसा छाप्ने मेसिन (भिडियो सहित )
धनकुटा । सिक्का टङ्कन गर्ने ‘पानढिकी टक्सार’ अहिले नेपाली सेनाको ब्यारेकको एउटा कुनामा गुप्त छ ।
विसं १९८७ मा तत्कालीन बडाहाकिम कर्णेल राजशमसेर भएको समयमा भारतको जोगबनीबाट धरान हुँदै धनकुटा ल्याइएको उक्त मेसिन पानीबाट चल्ने भएकाले त्यसलाई पानढिकी टक्सारघर पनि भन्ने गरिएको स्थानीय बुढापाका बताउँछन् । उक्त मेसिनको प्रयोग गरेर दुई पैसा र पाँच पैसाका नेपाली ढ्याक टङ्कन गरिन्थ्यो ।
करिब एक सय वर्षअगाडिको मेसिन पुराताŒिवक वस्तुसरह नै हुन्छ तर उक्त मेसिनबारे अहिले न सरकार न सर्वसाधारण कसैलाई चासो देखिन्छ । ऐतिहासिक टक्सार आफैँमा ऐतिहासिक हुँदाहुँदै पनि ओझेलमा परेको छ ।
त्यसलाई सङ्ग्रहालयमा राख्दा नयाँ पुस्ताले इतिहास देख्न सक्थे । हालको भीमदल गण सल्लेरी ब्यारेक रहेको स्थानमा राणाकालीन समयमा त्यतिबेला टक्सार थियो । सोही टक्सारबाट टङ्कन भएका मुद्रा अझै पनि गाउँघरमा पैत्तृक सम्पत्तिका रूपमा सुरक्षित राखिएको भेट्न सकिन्छ ।
राणाकालीन समयमा राजधानीदेखि पैसा ढुवानी गर्न समस्या हुने तथा चोरी हुने डर भएपछि देशका पूर्वी भेगका लागि धनकुटालाई केन्द्र बनाएर नेपाली मुद्रा टङ्कन हुने गरेको जानकारहरू बताउँछन् ।


