महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाका कृषकलाई ३१ लाख बराबरको ४८ वटा हाते ट्याक्टर वितरण

धनकुटा,असार २८ । महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाका कृषकलाई ३१ लाख बराबरको ४८ वटा हाते ट्याक्टर वितरण गरिएको छ ।

महालक्ष्मी साना किसान कृषि सहकारी संस्था र आर्थिक विकास करिडोर पाख्रीबासकाे संयुक्त सहकार्यमा महालक्ष्मी नगरपालिकामा सञ्चालन भईरहेकाे बेसार उत्पादन तथा प्रसाेधन उपाए आयोजना अन्तरगत किसानलाई ३१ लाख ५ हजार ६ सय बराबरको ४८ वटा खेतबारी जाेत्न मिल्ने हाते ट्याक्टर वितरण गरेको हाे ।

शुक्रबार सहकारीले एक कार्यक्रमका बिच प्रदेश संसद ईन्द्रमणी पराजुलीकाे प्रमुख आतिथ्यमा किसानलाई हाते ट्याक्टर वितरण गरेका थिए । महालक्ष्मी नगरपालिकाकाे वडा नं ६,१,४,र ७,८,९ नम्बर वडामा बेसार उत्पादन तथा प्रसाेधन उपाए आयोजना आर्थिक विकास करिडोर पाख्रीबास संगकाे सहकार्यमा सहकारीले सञ्चालन गरिरहेकाे सहकारीका अध्यक्ष चेतनाथ बरालले जानकारी दिनुभयो ।

बेसार उत्पादन तथा प्रसाेधन उपाए आयोजना अन्तर गत यसअघि सहकारीका किसानलाई वेसार बीउ खरिद , प्रांगारिक मल खरिद ,गमबुट ,पन्जा ,क्षमता अभिवृद्धि तालिम ,उत्पादन प्रविधि तालिम ,हाेडिङ्ग बाेर्ड जडान ,सार्वजनिक सुनवाइ , सूचना प्रकाशन र प्लास्टिक पाेखरी निर्माण लगायतका कार्यक्रम सम्पन्न गरेको सहकारीले जनाएको छ । अब किटनाशक , ढुशीनासक ,सुक्ष्म तत्व ,कम्बाईन मिल, स्प्रेयर,त्रिपाल,डिजिटल काँटा, प्लास्टिक ड्रम,पाईप ,वेसार पिन्ने मेसिन ,प्राविधिक तथा परामर्श सेवा लगायत कार्यक्रम बाकी रहेको अध्यक्ष बरालले जानकारी दिनुभयो ।कार्यक्रममा प्रमुख अतिथि संसद पराजुली , विशेष अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ , महालक्ष्मी नगरका मेयर ध्रुवराज रायले मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रममा उपमेयर मन्जु कार्की अधिकारी , आर्थिक विकास करिडोरका कर्मचारी तथा प्रमुख , किसानकाे सहभागी थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।