पाख्रीबास स्थित जालपादेवी क्याम्पसको रकम निकासीमा मेयरको अवरोध
धनकुटा,२८ असार । योजनाको रकम निकासीमा नगर प्रमुखले हस्तक्षेप गरेपछि जालपादेवी क्याम्पस पाख्रिबास धनकुटाले उक्त कार्यको बिरोध जनाएको छ ।
क्याम्पसले शुक्रबार पत्रकार सम्मेलन गरेर बिज्ञप्ती जारी गरेर नगर प्रमुख ज्ञानबहादुर गुरुङले अनुगमन समितिले सिफारिस गरेको रकम दिन अवरोध गरेको जानकारी दिएको छ ।
रकम निकासाका क्रममा गुरुङले क्याम्पस प्रतिनीधिहरुलाई गालीगलौज,अभद्र ब्यबहार गरेर हातपात गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।
क्याम्पसले घटनाको बिषयमा दोषीलाई कानुनी कारवाही गर्न प्रहरीलाई जाहेरी दिएको छ ।
‘क्याम्पस घटनाको घोर भत्र्सना र खेद प्रकट गर्दै दोषीलाई अबिलम्ब कानुनी कारवाहीको माग गर्दछौं’– क्याम्पसका अध्यक्ष बृषबहादुर राई र प्रमुख लोकेन्द्र पौडेलद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
यस अघि नगर प्रमुख र क्याम्पसका प्रतिनीधिहरुबीच भएको बादबिवादको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
घटनाका बिषयमा नगर प्रमुख ज्ञानबहादुर गुरुङले यस अघि बिज्ञप्ती जारी गरेर क्याम्पसले पेश गरेको कागजात प्रचलित कानुनको बर्खिलाप भएकोले भुक्तानी दिन नसकिएको जानकारी दिएका छन् ।



