२३ विधामा प्रदान गरियो राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड

काठमाडौं । ‘राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड’ दोश्रो संस्करण २३ विधामा प्रदान गर्दैै काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा संगीतमा १४ विधा र आदिबासी चलचित्रमा ९ विधा गरेर २३ विधामा ‘दोश्रो राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड–२०२४’ प्रदान गरिएको हो ।
अवार्डमा पूर्व उपराष्ट्रपति परमानन्द झाले प्रमुख आतिथ्यता ग्रहण गर्दै विभिन्न कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरे ।

दुबै अवार्डको जुरीमा अभिनेता धिरेन शाक्य, चलचित्र निर्देशक दिनेश लिङदेन, सँगीत संयोजक शाहश शाक्य र गायक रमेश पाठक थिए ।
अवार्ड समारोहमा आदिबासी चलचित्र चरित्र अभिनेत्रीको अवार्ड सेमेवाबाट पवित्रा लिम्बुले, आदिबासी चलचित्र चरित्र अभिनेत्रीको पब्लिक च्वाईस अवार्ड बबिता नेयोहाङले, लिम्बु चलचित्रको अवार्ड युक्पुङले, लिम्बु चलचित्रमै पब्लिक च्वाई अवार्ड चलचित्र सेमेवाले हाँसिल गर्यो । उत्कृष्ट गुरुङ चलचित्रको अवार्ड शिर सुवाले पायो भने शिर सुवाबाटै माओत्से गुरुङले उत्कृष्ट गुरुङ चलचित्रको अवार्ड जिते । चलचित्र जिउनीले जुरी अवार्ड पायो भने गुरुङ चलचित्रतर्फ आफ्नै कर्मले पब्लिक च्वाईस अवार्ड हाँसिल गर्यो ।

लिम्बु चलचित्र उत्कृष्ट निर्देशकको अवार्ड लोजिमा चलचित्रबाट सागर सुब्बाले, लिम्बु चलचित्र निर्देशकमै पब्लिक च्वाईस अवार्ड सुगुप चलचित्रबाट लोकेन साँवाले हाँसिल गरे ।

आदिबासी चलचित्र चरित्र अभिनेताको अवार्ड जिउनीबाट अच्युत गुरुङले, गुरुङ चलचित्र अभिनेताको अवार्ड विश्वास गुरुङले चलचित्र शिर सुवाबाट हाँसिल गरे ।

गुरुङ चलचित्र अभिनेताको जुरी अवार्ड आनन्द गुरुङले र पब्लिक च्वाईस अवार्ड टेकबहादुर गुरुङले, लिम्बु चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड रुद्र पाहिमले प्राप्त गरे । आदिबासी चलचित्र अभिनेत्रीको अवार्ड जिउनीबाट आकृति गुरुङले, आदिबासी चलचित्र अभिनेत्रीको जुरी अवार्ड सृजना माश्राङगी मगरले, लिम्बु चलचित्र अभिनेत्रीको अवार्ड बिमला खजुम लिम्बुले, मेकअप आर्टिष्टको अवार्ड उर्मिला लामाले र आदिबासी भेषभुषाको अवार्ड सरु माङमो लिम्बुले सरु ढाका उधोगबाट हाँसिल गरिन् ।

यस्तै संगीततर्फ आदिबासी लोक गीत गायकको अवार्ड सुमन लिम्बुलाई, गायक तर्फकै जुरी अवार्ड असार सिंह निङलेकुलाई र पब्लिक च्वाईस अवार्ड गायक भिम लिम्बुलाई प्रदान गरियो । आदिबासी लोक गीत गायिकाको अवार्ड अन्जना लिम्बुलाई, लोकगीत गायिकाकै पब्लिक च्वाईस अवार्ड गँगा लिम्बुलाई प्रदान गरियो ।

समारोहमा आदिबासी गीत गीतकारको अवार्ड कल्पना आङबुहाङ लिम्बुले, गीतकारकै जुरी अवार्ड ओम छिनालले र गीतकार पब्लिक च्वाईस अवार्ड गौरीमान लिम्बुले हाँसिल गरे ।

यस्तै आदिवासी कौडा गीत गायकको अवार्ड मौसम गुरुङले, कौडामै पब्लिक च्वाईस अवार्ड सानु पुलामी मगरले र कौडा गीत गायिकाको अवार्ड निुत पुनले हाँसिल गरे ।

समारोहमा आदिबासी गीत संगीत संयोजकको अवार्ड सुनिल परियारले, आदिबासी म्युजिक भिडियो निर्देशक अवार्ड हाङ चम्जोङले, भिडियो निर्देशक जुरी अवार्ड दिप गुरुङले, आदिबासी म्युजिक भिडियो पुरुष मोडलको अवार्ड गजेन्द्र साम्बाहाम्फेले, आदिबासी म्युजिक भिडियो पुरुष मोडल जुरी अवार्ड सञ्जिब लिम्बुले हाँसिल गरे । आदिबासी म्युजिक भिडियोमै महिला मोडलको अवार्ड रिना गुरुङले, महिला मोडल जुरी अवार्ड सुस्मिता गुरुङले प्राप्त गरे । यस्तै तामाङ गीत गायकको अवार्ड टीका बम्जनले, तामाङ सेलो पुरुष मोडलको अवार्ड अभि लामाले, सेलो पुरुष मोडलको जुरी अवार्ड छिरिङ तामाङलाई प्रदान गरियो ।

यस्तै तामाङ सेलो महिला मोडलको अवार्ड अनिता गोलेलाई, लिम्बु गीत म्युजिक भिडियो महिला मोडलको अवार्ड दुर्गा कुमारी लिम्बुलाई, लिम्बु गीत म्युजिक भिडियो नव महिला मोडलको अवार्ड मिरा फियाकलाई, आदिबासी गीत नृत्य निर्देशकको अवार्ड केशव कोईरालालाई, नृत्य निर्देशकमै पब्लिक च्वाईस अवार्ड चुडामणी फयुयाँललाई र आदिबासी गीत ध्वानी सम्पादनको अवार्ड डिका गुरुङलाई प्रदान गरियो ।

समारोहमा बरिष्ट गायिका तथा चरित्र अभिनेत्री कविता आलेमगरलाई दीर्घ साधना सम्मान प्रदान र चलचित्र निर्माता तारादेवी लिम्बुलाई राष्ट्रिय सम्मान प्रदान गरियो । यस्तै गुरुङ चलचित्र अभिनेता राजु गुरुङ, अग्रज लोकगायक नमराज ढुँगाना, गायक हिमाल श्रेष्ठ, कलाकार शेरबहादुर गुरुङ, दोहोरी गायिका कालिका रोक मगर र व्यबसायी मिलन लामा पनि सम्मानित भए ।

कार्यक्रम सभापति एवम् आयोजक संस्था क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले आदिबासीहरुलाई मुलधारमा ल्याउन यो आफ्नो समुहले यो अवार्ड आयोजना गर्दै आएको हो भने । कार्यक्रम सँयोजक शनी लिम्बुले सबैलाई स्वागत गर्दै कार्यक्रमको उदेश्यबारे प्रकाश पारिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।