धनकुटामा नेवा: देय दबू प्रदेश नं १ कोशी प्रदेश समितिको ७ औं पूर्ण बैठक सम्पन्न
धनकुटा । नेवा: देय दबू प्रदेश नं १ कोशी प्रदेश समितीको ७ औं पूर्ण बैठक आज हिलेमा सम्पन्न भएको छ ।
समितीका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष अनिल मास्केको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेकाो छ ।
काेशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला अध्यक्ष एवम् पदाधिकारीहरुकाे उपस्थितीमा सञ्चालित बैठकमा अध्यक्ष श्रेष्ठले राख्नु भएकाे गाेजिपत्राे छाप्ने,नेवार समुदायकाे पारिवारिक तथ्याङ्क संकलन गर्ने,खल पुच काे तथ्याङ्क संकलन गर्ने,नेतृत्व तथा क्षामता विकासका लागि तालिमहरु सञ्चालन गर्ने लगायतका एजेण्डामा छलफल गर्दै निर्णय समेत गरेकाे हाे ।
बैठकमा समितीका सचिव रविन्द्र कृष्ण श्रेष्ठले छैटाै बैठककाे प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे भने काेषाध्यक्ष चन्द्रकला प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । बैठककै अबसरमा वीर बहादुर श्रेष्ठलाई लेखा परिक्षकमा नियुक्त गरिएकाे छ ।
बैठकमा झिंगु नेवा समाज धनकुटा १ हिलेका अध्यक्ष डिजेश शाक्ले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।


