छथर जोरपाटी गाउंपालिकाले दियो भोलि सार्बजनिक बिदा
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउंपालिकाले भोलि सार्बजनिक बिदा दिएको छ ।
स्थानिय बिदाबाट कट्टी हुने गरी गापाको निर्णयानुसार भोलि मङ्गलवार साउने संक्रान्तिका दिन बिदा दिने निर्णय गरेको हो ।
पालिका अध्यक्ष छत्र बहादुर सुव्वाद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ : भोलि पालिका स्थित सवै सरकारी कार्यालय, सामुदायिक तथा संस्थागत बिद्यालय र संघसस्थाहरुमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएकाले सवैमा जानकारीका लागि अनुरोध छ ।



