धनकुटामा बस र ट्याङकर ठोक्किंदा ११ जना घाइते
धनकुटा,४ साउन । धनकुटा नगरपालिका-१ सुकेपोखरीमा बस र ट्याङ्कर जुध्दा ११ जना घाइते भएका छन् ।
धनकुटाबाट हिलेतर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।
घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइँदैछ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



