अपडेट : धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते,घाइतेको अवस्था सामान्य
धनकुटा,४ साउन । धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर जुध्दा १२ जना घाइते भएका छन् ।
धनकुटाबाट हिलेतर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।
घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाई छ ।


