पाख्रीबासमा यसरी मनाइयो पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस

धनकुटा । धनकुटाको पाख्रिबासमा पनि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस मनाइएको छ ।

श्रेष्ठको तस्बीरमा पुष्प गुच्छा चढाएर श्रद्दान्जलि अर्पण गरि कार्यक्रम मनाइएको हो ।

कार्यक्रममा नेकपा एमाले पूर्व जिल्ला कमिटि सचिवालय सदस्य भिम राईले कम्युनिष्ट पार्टी स्थापना हुनुमा श्रेष्ठको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश कमिटि सल्लाहकार परिषद सदस्य,जिल्ला कमिटि सचिवालयका पूर्व तथा वर्तमान सदस्य,नगर कमिटिका पदाधिकारी,नेता,कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

नेकपा(एमाले) पाख्रीबास नगर कमिटिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला कमिटि अध्यक्ष शिवाहांग लिम्बु र कार्यक्रमको अध्यक्षता नगर कमिटि अध्यक्ष शान्तिराम गौतमले गर्नु भएको थियो भने कार्यक्रम संचालन नगर कमिटि सचिव सिताराम राईले गर्नु भएको थियो ।

श्रेष्ठको जन्म विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भँगेरीमा भइ २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।