पाख्रीबासका दुई जना लागुऔषध ब्राउनसुगर सहित पक्राउ
धनकुटा । धनकुटाको पाख्रीबासका २ ब्यक्ति लागुऔषध सहित पक्राउ परेका छन् ।
हिजो साँझ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीको टोलीले पाख्रिबास नगरपालिका-३ का २७ बर्षीय सरोज तामाङ र २३ बर्षिय पवन बस्नेतलाई ९३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित धनकुटा नगरपालिका-१ त्रिशुले स्थितबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जमाएको छ ।


