धनकुटामा आगलागी,३ घर जलेर नष्ट
धनकुटा,१० साउन । धनकुटाको महालक्ष्मीमा आज भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् ।
महालक्ष्मी नगरपालिका ५ रामबजार नजिक भएको आगलागीबाट स्थानीय श्रीचन बुढाथोकी, सूर्यबहादुर श्रेष्ठ र देवीप्रसाद खड्काको घर जलेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
आगो नियन्त्रणका लागि धनकुटा नगरपालिकाको दमकल घट्नास्थल जांदैछ । आगो करिब ४ बजेबाट सुरु भएको जनाइएको छ ।
घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।


