भेडेटारमा निर्मित स्काई वाकको उद्घाटन आज
धनकुटा । पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारको चाल्र्स पोइन्टमा निर्माण भएको स्काईवाकको आज उद्घाटन हुने भएको छ ।
प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा स्काई वाकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । चार बर्षअघिदेखि स्काईवाक निर्माण गर्न थालिएको थियो । तत्कालिन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको पालामा सम्झौता भई स्काई वाक निर्माण शुरु भएको थियो ।
यो स्काई करिब २० करोड लगानीमा निर्माण भएको छ । प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा स्थापना भएको हो ।
वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लगानीमा निर्माण गरिएको परियोजनाको कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिए ।



