कोशी प्रदेशमा विवाहित महिला लक्षित सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन’ हुँदै

इटहरी । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने यो प्रतियोगिताको पहिलो संस्करण हो ।

ओपन स्पेस प्रालीको आयोजना तथा कालापत्थर नेटवर्कको व्यवस्थापनमा हुने यो प्रतियोगिता विवाहित महिलाहरुको सौन्दर्य मात्रै नभएर महिला सशक्तीकरणको एउटा माध्यमको रुपमा स्थापित गर्न खोजिएको आयोजक संस्था ओपन स्पेसका संचालक तथा यो प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठले बताए ।

विवाहपस्चात पनि महिलाहरुले गृहस्थी जीवन निर्वाह गर्ने मात्रै हैन आफुभित्र भएको कलाकौसल देखाउन पाउनुपर्छ । जसको लागी विवाहित महिलाहरूलाई ‘मिसेस पुर्बेली आईकन-२०२४’ उपयुक्त माध्यम बन्न सक्ने निर्देशक श्रेष्ठको भनाई छ । यो प्रतियोगिताको पहिलो अडिसन यहि शनिबार अर्थात श्रावण १२ गते इटहरीमा हुनेछ । इटहरी अवस्थित गोरखा होटलको सभाहलमा बिहान ११ बजेदेखी अडिसन सुरु हुने बताईएको छ ।

अडिसनमा सहभागी हुन २० वर्ष भन्दा माथी उमेर भएको र विवाहित महिला हुनुपर्ने छ भने कोशी प्रदेशका जुनसुकै ठाउँबाट पनि सहभागीता जनाउन सकिनेछ । उचाई र मोटाईको भने कुनै हद तोकिएको छैन् । अडिसन पश्चात् छनौटमा परेका प्रतिष्पर्धीहरुलाई विभिन्न प्रशिक्षण तथा सौन्दर्यता, ज्ञानवर्धक र र्याम्प वाल्कको तालिमहरु समेत प्रदान गरिनेछ । यो प्रतियोगिताको कोरियोग्राफर सुभेक्षा कार्की हुन् ।

विजेताले ५० हजार नगद सहित अन्य थुप्रै उपहारहरु पाउनेछन् । ‘मिसेस पुर्बेली आईकन-२०२४’को ग्राण्ड फिनाले भदौको अन्तिममा इटहरीमै हुने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖