भेडेटारको स्काइवाक आजबाट संचालनमा
धनकुटा, ११ साउन । कोशी प्रदेशकै मुख्य पर्यटकिय क्षेत्रको रुपमा रहेको धनकुटा र सुनसरीको सिमानामा रहेको भेडेटारमा निर्माण गरिएको स्काइवाक आजबाट संचालनमा आएको छ ।
एक कार्यक्रमका विच आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की,धरान उपमहानगर पालिकाका प्रमुख हर्कराज राई र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले संयुक्त रुपमा स्काइवाकको उद्घाटन गर्नु भएको थियो ।
कोशी प्रदेशको लगानी प्राधिकरण, धरान उपमहानगर पालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा करिब २० करोडको लागतमा वन्डर्स एम्यूजमेन्ट प्रालिले स्काइवाक निर्माण गरेको हो ।


