दुर्गा माविमा १ दिने आँखा शिविर सम्पन्न
माेरङ, पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ७ मा रहेको दुर्गा माविमा सञ्चालन गरिएको एक दिने आँखा शिविरमा १४७ विद्यार्थीले आँखा जाँच गराएका छन् ।
आज लायन्स क्लव, पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरीशनिश्चरे र लियो पथरी सहित संयुुक्त रुपमा गरिएको १ दिने आँखा शिविर सञ्चालन गरिएको हो ।
विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधक सहयोगमा दुर्गा माविमा अध्यानरत १४७ जना विद्यार्थीहरुको आँखा चेक गरिएको छ ।
कार्यक्रममा डिष्ट्रीक गभर्नर विकास अधिकारी, डिष्ट्रक एडमिन्टेटर रोशन बुढाथोकी, एरिया कोर्डिनेटर रोहित शाह, रिटर्न चियर पर्सन संजिव बुढाथोकी, जोन चियरपर्सन, भगत चन्द्र थपलिया, पथरी लायन्स क्लवका अध्यक्ष मुरारी आचार्य, योङ हार्ट अध्यक्ष हेमन्त ओझा, लायन्स क्लव अफ पथरी शनिश्चरेका अध्यक्ष अनिता राई, लियो पथरी अध्यक्ष मोनिका न्यौपाने सहित आयोजक संस्थाका पदाधिकारीहरु उपस्थित थिए ।
औपचारिक कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, पथरी शनिश्चरे नगरपालिका वडा न. ७ का वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उद्धवराज बस्नेत, पूर्व विद्यार्थी तथा हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर पूर्व बिब्यस अध्यक्ष रिता गिरी सहितको सहभागि भएकाे प्रधानध्यापक यादव घिमिरेले बताउनु भयाे ।


