पर्यटकीय नगरी भेडेटारमा संचालनमा आयो सिसाको पुल(भिडियो सहित)

धनकुटा । पर्यटकिय नगरी भेडेटारमा स्काईवाक अर्थात सिसाको पुल निर्माण गरीएको छ । पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारको चाल्स पोइन्टमा स्काइ वाक सञ्चालनमा आएको हो ।

भेडेटारलाई साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार शुक्रबारबाट टावर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्काई वाकको उद्घाटन गर्नुभएको छ ।

स्काइ वाकको उद्धाटन गर्दै मुख्यमन्त्री कार्कीले भेडेटारलाई पर्यटकीय हब बनाउन स्काइ वाकले सहयोग गर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष मनाउन लागेकोले भेडेटारमा बनेको स्काइ वाकले त्यसलाई सहयोग पुग्ने बताउनु भयो ।

एघार रोपनीमा रहेको स्काइ वाकमा ४१ मिटर लामो सिसामा हिड्न सकिन्छ । यो संगै करीब १८ मिटर अग्लो टावर समेत निर्माण गरिएको वन्डर्स एम्युजमेन्ट पार्क प्रालि कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिनुभयो ।

सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि देशकै तेस्रो गन्तव्य भेडेटार बनेको छ । यसअघि काठमाडौंको कमलादी, इलामको कन्याममा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काई वाक सञ्चालनमा ल्याइसकेको छ । भेडेटारमा सञ्चालनमा आएको स्काई वाकमा एकपटकमा २५ जनासम्म हिड्न सकिने क्षमता रहेको छ ।

पर्यटनमा भबिश्य खोजीरहेको साँगुरीगढी गाँउपालिकाले शाससिक पर्यटकको लागि नयाँ गन्तब्य थपिएको जनाएको छ । यो पुर्बको पर्यटनका लागि नयाँ आयाम रहेको पालिका अध्यक्ष जितेन्द्र राईले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖