धनकुटामा पिकअप र मोटरसाईकल ठोक्किंदा मोरङका सुवेदीको मृत्यु

धनकुटा, साउन १४ गते । पिकअप र मोटरसाईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो साँझ धनकुटाको धनकुटा नगरपालिका-३ स्थितमा प्रदेश १ -०४-००१ च १३३६ नम्बरको पिकअप र छथर गाउँपालिका-५ का २३ बर्षीय दिपेश ढकालले चलाएको प्रदेश १-०२-०५३ प ३१६८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लाग्दा घाईते भएका मोटरसाईकल पछाडि सवार मोरङ सुन्दरहरैंचा नगरपालिका-८ का ३२ बर्षीय सुमन सुवेदीलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुर्याउनासाथ उनको मृत्यु भएको थियो ।

दुबै सवारी साधन र पिकअप चालक धनकुटा-६ का ३१ बर्षीय लक्ष्मण राई र मोटरसाईकल चालकलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖