धनकुटामा लागुऔषध न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटामा लागुऔषध न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
धनकुटाको धनकुटा नदरपालिका ६ स्थित लिबर्टी कलेजमा अध्ययनरत बिद्यार्थीहरुलाई लागुऔषध न्यूनिकरण सम्बन्धी सचेतना दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा सम्पन्न सचेतमा कार्यक्रममा धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले प्रशिक्षण दिनु भएको थियो ।


