साँगुरीगढीमा सरसफाइ हुंदै यातायातको बाटो
हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा यातायातको बाटो धमाधम सरसफाइ भैइरहेको छ।
साँगुरीगढी गाउँपालिकाले जेसिवी ९ र १० वडाको लागी पठाएको ९ नम्वर वडा सदस्य चन्द्रमाया विकले जानकारी दिनु भयो।
गत शनिवार देखि काममा लागेको जेसिवीले ९ नम्वर वडाको ठुलो गाउँ आहालेमा सरसफाइ गरि सकेर आज बेस्राङ र खर्वनी तर्फको सरसफाइ गरेर भोलि बान्थे हुँदै काबेली सडक सम्म सरसफाइ गर्ने ९ नम्वर वडा सदस्य विकले बताउनु भयो ।


