उपप्रधान मन्त्री श्रेष्ठलाई धनकुटाको टोलीले गर्यो सम्मान
धनकुट,१५ साउन । उप्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह श्रेष्ठलाई आज काठमाण्डैमा धनकुटाको तर्फबाट धनकुटाको टोलीले धनकुटाको ढाका टोपी लगाई दिई बधाई तथा लोकप्रिय कार्यकालको शुभ कामना लिई धनकुटाको विकास र समृद्धीको लागी बिशेष बजेटको माग गर्नु भएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्य उदय वहादुर लिम्बु,नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य बिर्मशमान अमात्य,नेपाल टेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतको टोलीले उपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका श्रेष्ठलाई धनकुटाको ढाका टोपी लगाई दिई बधाईका साथ लोकप्रिय कार्यकालको शुभकामना दिनु भएको हो ।
सो अवसरमा उक्त धनकुटाको टोलीले उप्रधानमन्त्री श्रेष्ठसंग धनकुटाको विकास र समृद्धीको लागी विशेष योजनाका साथ बजेट थप गरिदिनहुन माग गरिएको नेपाली काग्रेस धनकुटाको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।


