धनकुटामा १७ हजार गाँजाका बोट तथा बेर्ना नष्ट
धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा
उम्रेका गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट तथा बेर्ना नष्ट गर्ने अभियान अनुसार प्रहरी चौकी त्रिबेणी,धनकुटाबाट खटिएको प्रहरी टोलीले आज नष्ट गरेको हो।
जिल्लाको शहिदभूमि गाउँपालिका वडा नं-२ का बिभिन्न स्थानबाट १० रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका १७ हजार गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


