धनकुटामा बेवारिसे अवस्थामा एक पुरुष फेला
धनकुटा । धनकुटामा एक पुरुष फेला परेका छन् ।
झापा जिल्ला सिवसताक्षी ८ धरमपुर कमलखोला नजिक घर बताउने बाबुको नाम बिष्णु प्रसाद दाहाल आफ्नो नाम किरण प्रसाद दाहाल बताउने अन्दाजी बर्ष २५/२६ को पुरुष मानिस धनकुटा नगरपालिका वडा नं ६ स्थितमा बेवारिसे अवस्थामा आज फेला परेका हुन् ।
उक्त पुरुषलाई कोहि कसैको आफन्त भए वा चिन्नुहुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय धनकुटामा सम्पर्क राख्नु हुन अथवा यस कार्यलयको फोन नं.-९८५२०९०१६७/९८५२०६१७५५ मा सम्पर्क राख्न हुन जिल्ला प्रहरी कार्यालय धनकुटाले अनुरोध गरेको छ ।



