कार्यसम्पादन मूल्यांकनमा धनकुटा १३ औॅ स्थानमा
धनकुटा । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०-८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा जिल्ला प्रशासन कार्यलय धनकुटाले ९५.८७५ ल्याउन सफल भएको छ ।
कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिप्रका धनकुटाले यो अंक सहित १३ औं स्थान पाएको हो ।
यस अघि धनकुटाको वरियता ६७ औं थियो ।


