धनकुटामा गांजा बोकेको मिनी ट्रक सहित एक जना पक्राउ
धनकुटा । धनकुटामा गांजा बोकेको मिनी ट्रक सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाकाे सागुरीगढी गाउपालिका भेडेटारबाट १३५ केजी लागुअाैषध गाजा सहित शहिदभुमी गाउपालिका वडा नं ५ का वर्ष २८ कन भुमीराज राईलाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।
उनले धनकुटाबाट धरान तर्फ जादैगरेकाे काे १ ख ३८०८ नं काे मिनी ट्रकमा लुकाएर लादै गर्दा प्रहरीले चेजाचकाे क्रममा गाँजा फेला पारेकाे हाे ।
राई आफै मिनी ट्रककाे चालक समेत रहेकाे प्रहरीकाे भनाई छ ।


