धनकुटामा महिला संघको स्थापना दिवसको अवसरमा सरसफाई तथा दिप प्रज्वलन

धनकुटा । नेपाल महिला संघको ७८ औ स्थापना दिवसको अवसरमा आज नेपाल महिला संघ धनकुटाले धनकुटामा सरसफाई कार्यक्रम र दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल महिाल संघ धनकुटाका उपाध्यक्ष अम्विका देवी धमलाको अध्यक्षतमा धनकुटको नरवदेश्वर मन्दिर र चुवाको बोट स्थित ग्रिन र्पाकमा सरसफाई र चुवाको बोट चौकमा दिपावली गरी दिप प्रज्वलन गरेको हो ।

नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिल कुमार डंगोल,सचिव विजय सन्तोषी राई,महासमिति सदस्य सिता प्रधान,सुमना तिम्सिना, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमलाले दिपावली कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

सो अवसरमा महासमिति सदस्य गंगाराम ढंगाना,जिल्ला सदस्यहरु अम्विका परिवार,निरुपा राई, नेपाल महिला संघ धनकुटाका सचिव संगिता चापागाई, महाधिवेशन प्रतिनधि हिमा चेम्जोग , नेपाली कांग्रेस प्रदेश सभा क का कोषाध्यक्ष मुना पोखरेल,नेपाल शिक्षक संघ धनकुटाका सचिव रोहणी पाण्डे,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष बिदुर खवास,नेपाल महिला संघ धनकुटाका सहसचिव जानुका सुन्दास,नगर अध्यक्ष राधा बजगाई,सहसचिव कमला पाण्डे,धनकुटा नगरपालिका वडा नं. ५ का निवाचित वडा सदस्य दुर्गा परिवार,वडा नं. ६ का कुसुम जोशी श्रेष्ठ,नेपाल महिला संघ धनकुटा वडा नं. ६ का सदस्य अञ्जु खड्गी,सिरिना खड्गी लगायतले दिप प्रज्वलन गर्नु भएको थियो ।

कार्यक्रम नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका देवी धमलाको अध्यक्षतमा भएको थियो भने कार्यक्रमको संचालन सचिव संगिता चापागाईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।