धनकुटामा यसरी मनाइयो ३० औं विश्व आदिवासी दिवस
धनकुटा,२५ साउन । धनकुटामा पनि ३० औं विश्व आदिवासी दिवस मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ धनकुटाको नेतृत्वमा झाँकी सहित धनकुटा बजारमा र्याली निकालिएको थियो । मगर, नेवार, तामाङ, राई, लिम्बु लगायत जातीय संस्थाहरुले आ-आफ्नो ब्यानरमा र्याली निकालेका थिए ।
परम्परागत पोशाकमा सजिएका र्यालीमा सहभागीहरुले र्याली पछि नेपाली कांग्रेस धनकुटाको पाटी कार्यलयमा शुभकामना आदन प्रदान समेत गरेका थिए ।



