धनकुटामा पहिलो पटक आईडिया बैंक कार्यक्रम सञ्चालन

धनकुटा । धनकुटामा पहिलो पटक आईडिया बैंक कार्यक्रम सञ्चालन गरिएको छ । हाेम्ताङ कृषि परामर्श सेवा केन्द्र धनकुटा १ हिलेक आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा धनकुटा नगरपालिकाका वातावरण विकास अधिकृत उपेन्र्द खनालले आफ्नो काम गराई र साेहस क्रममा विभिन्न देशमा पुगि गरेको अध्ययन अवलोकनको क्रममा देखेका सिकेका अनुभवहरु सुनाउनु भएको थियो ।उहाँले मानविय स्वास्थ्यलाई ध्यान दिदै धनकुटा नगरलाई स्वच्छ नगर बनाउन गरिएका कामहरुको बारेमा जानकारी गराउनुभयो ।
उहाँले नगरलाई स्वच्छ राख्न फोहर व्यवस्स्थापनमा जोड दिइएको बताउनु भयो ।

साथै आफ्नो चीन भ्रमणको क्रममा त्यहाँ नेपियर जातको घाँसबाट विभिन्न जातका च्याउ उत्पादन गर्ने गरेको पाईएको बताउनुभयो ।

त्यस्तै धनकुटा बहुमुखी क्याम्पसका उप-प्राध्यापक ईच्छापूर्ण राईले आफुले युरोप भ्रमणको क्रममा देखेका संस्कृती संरक्षण,पर्यटन प्रवर्द्वका गरिएका प्रयासको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले पर्यटन प्रवर्द्वनका लागि सर्वप्रथम पर्यटन नीतिको आवश्यक्ता रहेको धारणा राख्दै साेही नीति अनुसार यहाँका ऐतिहासिक,सास्कृतिक कुराहरुको गहन अध्ययन अनुसन्धान गरि प्रचार प्रसारमा जोड दिन आवश्यक रहेको बताउनु भयाे ।

पर्यटन प्रवर्द्वनका लागि विशिष्ट व्यक्तिहरुको हस्त लेखनहरुलाई समेत म्युजियममा राख्न ऐतिहासिक कुराको प्रचार प्रसार गर्न सकिने उहाँले बताउनु भयो ।

त्यस्तै धनकुटा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले कुनै पनि चिजको विकास गर्न सबैको सहकार्य जरुरी रहेको उल्लेख गर्दै कुरा भन्दा बढी काममा जोड दिनुपर्ने बताउनु भयाे । उहाँले कृषि क्षेत्रको विकासका लागि प्रविधिमैत्री भएर काम गर्नुपर्ने धारणा राख्दै उत्पादनलाई निरन्तरता दिनुपर्ने बताउनु भयाे ।

यता सामाजिक विकास शाखा प्रमुख नुषराज श्रेष्ठले सामाजिक सूरक्षा भनेको के हाे ? यस्ता सुरक्षा कति प्रकारका हुन्छन् ? यसमा पालिकाले अहिले कसरी काम गरिरहेको छ ? भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पूर्व नगर प्रमुख एवम् सल्भ नेपालका अध्यक्ष राजेन्द्र प्रधानले नगरको विकासका लागि नगर स्तरिय याेजना सञ्चालन गर्नु पर्ने बताउनु भयो साथै महिला दिदी बहिनीहरुको कामको मूल्य निर्धारण,अनुभव साटासाटकाे वातावरण सिर्जना,उद्यामीहरुलाई अध्ययन अवलाेकनका लागि बाहिर पठाउन सक्ने वातावरण बनाउन सक्नु पर्ने धारणा राख्नु भयाे ।

कार्यक्रमको वारेमा जानकारी गराउदै कृषि तथा पर्यटन अभियान्त जीवन प्रसाद राईले यो कार्यक्रममा गरिएका छलफल तथा क्रियाकलापलाई दस्तावेजिकरण गरिने बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।