ताप्लेजुङका सर्जक चन्द्र मादेन आन्छनका दुई कृति एकै साथ विमोचित

काठमाडौ । नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक स्रष्टाका २ कृति विमोचित भएका छन् । मञ्जरी पब्लिकेसन प्रा.लि.बाट प्रकाशित ताप्लेजुङका सर्जक चन्द्र मादेन आन्छनको कथासङ्ग्रह “आन्छनका कथाहरू ” र उहाँकै “माधुर्य सुशील तिम्रो बोली” गीतसङ्ग्रह एकैसाथ लोकार्पित भएका कार्यक्रमलाई वाक्लो दर्शकहरुको वीच प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभएको थियो । यो गीत सङ्ग्रहलाई खोटाङका नवीन राईले एरेन्ज र सङ्गीतबद्ध गर्नुभएको छ भने राजेश पायल राईले गाउनु भएको छ ।

मनोहरा साहित्य समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव भावकेशर बरालले गर्नुभयो । अध्यक्षता मनोहराका अध्यक्ष डिल्लीराज अर्यालले गर्नुभयो भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष जसध्वज गुरुङले गर्नुभएको थियो । प्रमुख अतिथि राईले स्विच अन गरी नयां गीतको लोकार्पण पछि, आमन्त्रित हरूमा विशिष्ट अथिति वरिष्ठ साहित्यकारहरु डा. तुलसी भट्टराई, राजेश्वर थापा, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपी कृष्ण प्रसाई, सविंधान सभाका सदस्य एवं नेकपा माओवादी जेष्ठ नागरिक समितिका अध्यक्ष नन्द कुमार प्रसाई, पाथिभरा क्षेत्र विकास समिति र भानु माविका पूर्व अध्यक्ष डिल्लिजङ मादेन, चर्चित लेखक प्रगति राई र लेखक आन्छनद्वारा नँया पुस्तकको सयुक्त लोकार्पण भएको थियो ।

कार्यक्रममा १ न. प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, पूर्व राज्य मन्त्री विष्णु तुम्वाहाहाम्फे, पूर्व प्रतिनिधि सभासद यज्ञराज सुनुवार, नागरिक समाजका अध्यक्ष एवं पूर्व विराटनगर नगरप्रमुख ध्रुव नारायण श्रेष्ठ, वकिल समुह लाहुर्निपका अध्यक्ष दिनेश घले, प्रा.डा. विनोद मन्जन, नेपाल टेलीभिजनका समाचार प्रमुख वद्रीकाजी गुरुङ, राष्ट्र सेवक एवं पूर्व न्यायाधीश राजेन्द्र श्रेष्ठ, वकिल एवं शिक्षावीद तुलाराम गुरुङ आदि विभिन्न साहित्यकार समाजसेवी, पत्रकारहरुलाई यथास्थानमा आसन ग्रहण गराईपछि सामुहिक राष्ट्र गीत गाईएको थियो । “आन्छनको कथाहरु” माथि समीक्षामक टिप्पणी गर्दै डा. तुलसी भट्टराईले देशको माया नगर्नेहरुले, पैसा र पहुंचको धाक दिनेहरुले, समाज सकारात्मक दिशा तिर कसरी जाने भन्नको लागि कति प्रेरणा दायक वाक्यहरुको लागि यो कृति पढ्नै पर्छ भन्नुभयो भने, अर्का समीक्षक प्रगति राईले कथामा पात्रको भूमिका धेरै नराखेता पनि सललल वगेको पढ्दै जादां अव के हुन्छहोला ? भन्ने कौतुहल रहस्यमय पाठकलाई लाग्ने, अहिलेनै हाम्रो समाजमा भैरहेको घट्नाहरुलाई जीवन्त पारी, कतिठाँउ रोमान्टिक र रमाईलो छ भने कुनै कुनै कथा चाहिं स्वयं लेखकले नलेखि अर्कै सर्जकको कथा होकी भन्ने लाग्न सक्नु कथाकारको खुवी देखिन्छ भन्नु भयो । जे होस यो पुस्तक किनेर पढे विल्कुल खेर नजाने वरु केहिन केहि नौलो स्वाद प्राप्त हुने दुवै समीक्षकले खुलेर प्रशंसा गर्नु भयो ।

कार्यक्रमलाई कवितामा समेत अंशबद्ध गर्न मनोहरा साहित्य समाजका कार्यसमितिका सदस्य सम्पत् काफ्लेले ” मेरो देश” शीर्षकमा अनुष्टुप् छन्द को कविता वाचन गर्नुभएको थियोे । लोकार्पित कृतिका स्रष्टा चन्द्र मादेनले आफू ज्यादै खुशी भएको अनुभव र आजको कार्यक्रम सफल भएकोप्रति धन्य मान्दै आफ्नो विचार दिनुभएपछि मनोहरा साहित्य समाजका कोषाध्यक्ष खोलाघरे साहिंलाले सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । मनोहरा साहित्य समाजको यो अतिरिक्त कार्यक्रमको विधिवत् समापन गर्दै अध्यक्ष डिल्लीराज अर्यालले मनोहरा साहित्य समाजको संक्षिप्त्त परिचय प्रस्तुत गर्नुका साथै संस्थाका केही प्रगति गतिविधिमाथि प्रकाश समेत पार्नुभएको थियोे । १६० जनाको हलमा खचाखाच भरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।