धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ९ जना घाइते

धादिङ । धादिङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित ९ जना घाइते भएका छन्।

आज राति करिब १ः५५ बजे धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो बाटोमा अनियन्त्रित भई करिब ४०० मिटर तल सडकमा खसेको हो।

दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङ निवासी अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा रुबीभ्याली–४ बोराङकी ३५ वर्षीया कान्छी माया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय बिमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ रहेका छन्।

त्यस्तै, बोलेरो चालक खनियाबास गाउँपालिका–१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन्।

घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई भित्री चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको जनाइएको छ। अन्य ६ जना घाइतेको अवस्था मध्यम रहेको छ।

घाइते सबैलाई उपचारका लागि स्वास्थ्य चौकी बोराङ पठाइएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖