प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणको तालिका सार्वजनिक

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारतकाे राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार बिहान पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणको संक्षिप्त कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार भ्रमण दुई दिने हुने छ । 

प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नेछन्। उनको साथमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीहरू रहनेछन्।

भ्रमणमा ५२ सदस्यीय व्यवसायी टोली पनि सहभागी हुने भएको छ। परराष्ट्र सचिव अमृत राईका अनुसार व्यवसायीहरू आफ्नै खर्चमा भारत जान लागेका हुन्। सरकारी टाेली ३४ सदस्यीय हुने भएकाे छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । शाहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग साेमबार दिउँसाे प्रतिनिधिमण्डलस्तरको वार्ता गर्नेछन् ।

मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन्। भारतका विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने तालिका छन् ।

यो भ्रमण दुई देशका जनताका लागि अधिकतम पारस्परिक लाभ हुने गरी, भविष्यमुखी दृष्टिकोणका साथ व्यापक सहयोगात्मक साझेदारीको समीक्षा गर्ने एक महत्त्वपूर्ण अवसर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖