मलेसिया पठाउने श्रमिक ठगीमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

‎काठमाडौं, ४ मंसिर । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अर्याललाई नियन्त्रणमा लिएको छ ।

‎उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे सीआईबीले औपचारिक जानकारी दिएको छैन ।
‎
‎मलेसिया श्रमिक प्रकरणमा करिब दुई अर्ब रुपैयाँ हिनामिना भएको आरोपमा अनुसन्धान अघि बढाउने क्रममा तत्कालीन मुख्यसचिव अर्यालको समेत संलग्नता देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

‎सोही प्रकरणमा यसअघि नै पूर्व श्रममन्त्री रामेश्वर यादव र शेरबहादुर कुँर सहित ६ जना पक्राउ परिसकेका छन्। अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै अर्याल नेपालबाहिर पुगेका थिए। उनी दिल्ली पुगेकाे बताइन्छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖