पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-६ को अडिसन सुरु हुंदै
धनकुटा,२६ साउन । रिक्रियशन मल्टि मिडिया एण्ड इन्टरटेन्मेट प्रा.लि र टिन्स क्रिउ डान्स सेन्टर धनकुटाद्धरा आयोजना गरिने पूर्वाञ्चल गट ट्यालेन्ट २०८१ सिजन ६ को पहिलो चरणको अडिसन भदौ १ गते भोजपुर बाट सुरु हुने भएको छ ।
आयोजक संस्थाहरुले धनकुटामा आज पत्रकार संमेलन गर्दै दिएको जानकारी अनुसार पहिलो चरणको अडिसन भदौ १ गते बाट सुरु हुन लागेको हो ।
कोशी प्रदेशका १२ जिल्लामा पहिलो चरणको अडिसन हुने साथै नेपाली हरुले नेपाल सहित विभिन्न स्थान बाट समेत अनलाइन अडिसन मार्फत सहभागि हुने व्यावस्था मिलाइएको आयोजर संस्थाका कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।
कला संस्कृतीको जगेर्ना गर्ने साथै आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा समेत टेवा पुग्ने अपेक्षा रहेको कार्यक्रम संयोजक योगीको भनाई थियो ।
प्रतियोगिताका दुवै विद्याका प्रथम हुनेले नगद ५ लाख नगद , ५ लाख बराबरको जीवन बिमाको १ प्रिमियम, ट्रफि,गिफ्ट ह्यामपर, म्युजिक रेकट गर्ने अवसर प्राप्त गर्ने छन् भने दोस्रो र तेस्रो प्रतियोगिले पाउने पुरस्कार कार्यक्रम अबधीमा खुलाइने आयोजकले जनाएको छ । प्रतियोगीले भोट तथा निर्णयकको ५० ÷५० अंकको आधारमा प्राप्त गरेको नम्बरको आधारमा बिजेताको छनोट गरिने समेत पत्रकार संम्मेलनमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै आयोजक संस्थाकी उपाध्यक्ष दिपा आलेले कला संस्कृतीको जगेर्ना गर्नु आजको आवश्यकता भएको बताउँदै कार्यक्रमको सफलताका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमको निर्णयकमा गायन तर्फ महेश राई, जुनि खालिङ्ग राई रहनु हुने छ भने नृत्य तर्फ सुमन योगी, युसिन यसमाली मगर र दिपेश मगर रहनु हुने जनाईएको छ ।


