नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको अध्यक्षमा शाक्य
धनकुटा,२६ साउन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को अध्यक्षमा नविनकिशोर शाक्य चयन हुनु भएको छ ।
धनकुटाको सातौं जिल्ला अधिवेशनले जिल्लामा रहेको विभिन्न १५ एकल जातीय संस्थाको प्रतिनिधि तथा पदाधिकारीको भेलाले शाक्यको अध्यक्षतामा १५ सदस्यीय नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, धनकुटाको कार्यकारी पदाधिकारी रहने गरि सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा सुर्य राई, सचिवमा कला राई , सहसचिवमा तोर्ण खपाङगी र काेषाध्यक्षमा रविन खड्गी चयन भएका छन् ।



