ममी डान्स आईडल सिजन-३ को उपाधी मनिषालाई

प्रेरणा नेपाल/भैरहवा, साउन २७  । मम्मी डान्स आइडल सिजन थ्रि को उपाधि मनिषा शर्माले हात पारेकी छन ।

हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवा द्वारा आयोजित मम्मी डान्स आइडल सिजन थ्रि को फाइनलमा १७ जना प्रतियोगीहरुलाई पछि पार्दै उनी प्रथम भएकी हुन् । उनलाई २० हजार नगत, प्रमाण पत्र र वाटर डिस्पेंसर सहित थुप्रै गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो । 

मंगलापुरकी चेली मनिषा शर्मालाई परिवारमा एक दिदिको मात्र सपोर्ट रहेको र उपस्थित सबै दर्शकरुको मायाले उनले जित हात पार्न सफल भएकी हुन । उनको जितले सबैलाई निकै भाबुक बनाएको थियो । आमाहरुको सपना र एक गृहणी भएर पनि यसरी आफ्नो सपना पुरा गर्ने उर्जा लिएर आएकी सर्माको जित सबैमा प्रेरणाको श्रोत बन्न पुग्यो ।  

यसैगरी उपबिजेता भैरहवा कि आभा मल्ल भएकी हुन । उनले १५ हजार नगद सहित प्रमाणपत्र र गिफ्टह्याम्पर प्रदान गरिएको थिायो । यसैगरी तेस्रो स्थानमा बुटवलकी दुर्गा राना रहेकी छन । उनले १० हजार नगद सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेकी हुन् । दर्शकको राजाईमा भने मंगलापुर सेमराकी रेनु गुरुङलाई ५ हजार नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर दिइएको थियो ।  

भारतको सिल्लिगुडीबाट बरिष्ठ नृत्याङगना पन्नु गजमेर, पूर्व मिसनेपाल सुगारिका केसी र  कोरियोग्राफर मुकेश गुरुङ जजमेन्टमा उनीहरुलाई प्रथम दोश्रो र तेश्रो को स्थान दिइएको थियो । कार्यक्रमको संचालन दुर्गा गुरुङले गरेकि थिईन् । इनलमा रुपन्देही, कपिलबस्तु, चितवन लगाएतका जिल्लाबाट र प्रदेश बाहिरबाट पनि प्रतियोगिहरुको सहभागीता रहेका थियो ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो भने हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवाका प्राचार्य तथा आयोजक रचना क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖