भेडेटारबाट ७ सय केजी भन्दा बढी परिमाणको गाँजा नियन्त्रणमा
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटार बजारबाट प्रहरीले ७ सय केजी भन्दा बढी परिमाणको गाँजा नियन्त्रणमा लिएको छ ।
धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय केजी भन्दा बढी गाँजा भेडेटार प्रहरीले आज नियन्त्रणमा लिएको हो ।
ना ८ ख १२६८ नंबरको ट्रकमा राखिएको गाँजा चेकजाँचको क्रममा भेडेटारबाट नियन्त्रणमा प्रहरीले जनाएको छ ।


