परियार सेवा समाज धनकुटाको दोस्रो जिल्ला अधिवेसन सम्पन्न
धनकुटा । परियार सेवा समाज धनकुटाको दाेश्राे जिल्ला अधिवेशनबाट भैरवलाल पाचकोटीको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कार्य समिती गठन गरिएको छ ।
पाचकाेटीकै अध्यक्षता तथा परियार सेवा समाज काेशी प्रदेश समिती अध्यक्ष धर्म परियारकाे प्रमुख आतिथ्यमा धनकुटामा सम्पन्न अधिवेशनले समितीकाे उपाध्यक्षमा दुर्गा परियार,सचिवमा लक्ष्मी परियार,सह-सचिवमा गाेकुल परियार र काेषाध्यक्षमा पदम बहादुर नेपालीलाई निर्वाचित गरेकाे अधिवेशनका विशिष्ट अतिथि एवं समाजका केन्द्रीय सदस्य युवराज दर्नालले जानकारी दिनुभयाे ।


