धनकुटाबाट गांजा संगै ट्रक चालक पाख्रीबासका सुजन पक्राउ
धनकुटा । धनकुटाबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो धनकुटाको साँगुरीगढी गाँउपालिका-६ भेडेटार चौक स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको ना.८ ख १२६८ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक भित्र सब्जीले छोपी लुकाई छिपाई राखेको अवस्थामा ७ सय ३६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।
गाँजा बरामद गरेसगै ट्रक र चालक धनकुटा पाख्रीबास नगरपालिका-१० का २६ बर्षीय सुजन भन्ने टंक बहादुर मगरलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाको थप अनुसन्धान भईरहेको छ ।


